November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोेभिड– १९ भाइरस उत्पत्तिको अध्ययनलाई राजनीतिकरण नगरौं : डब्लूएचओ

2.9K

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोेभिड– १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय’ नभएको बताएको छ। साथै, उसले  यसलाई राजनीतिकरण नगर्नसमेत आग्रह गरेको छ।

अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले बिगारेकोे संगठनको भनाइ छ। जेनेभामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओ स्वास्थ्य संकटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड–१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ। अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ।’

सबै मुलुकका सरकारहरूले सँगै मिलेर काम गर्ने र भाइरस मूल अध्ययन सफलतापूर्वक सम्पन्न गर्नका लागि वातावरण सिर्जना गर्न आह्वान गर्दै रायनले भने, ‘यस मुद्दाको वर्तमान राजनीतिकरणले डब्लुएचओलाई जवाफ दिन कठिन बनाएको छ।’

Advertisement

भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहु अभियान आवश्यक रहेको बताउँदै उनले यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको जनाए।