काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भैरहेको बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताउनुभएको छ । कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उहाँको भनाइ छ ।
उहाँले ट्वीटरमा लेख्नुभएको छ : भ्रम ; ‘कोही कसैलाई केही छ भने ! ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l अत कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौँ l नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौंँ l जय नेपाल !’
सत्तारुढ नेकपाभित्रको विवाद बढिरहँदा शनिबार ओली र देउवाबीच बालुवाटारमा भेट भएको थियो । भेटबारे दुवै पक्षले केही खुलाएका छैनन् । तर दुई शीर्ष नेताबीच सत्ता साझेदारीको विषयमा कुराकानी भएको अड्कलबाजी गरिएको छ । पार्टी विभाजन भएमा ओलीले कांग्रेससँग मिलेर सरकार चलाउने तयारी गर्नुभएको चर्चा चल्दै आएको छ ।
म ; कोहि कसैलाई केही छ भने !
५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l
अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं l
नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं l जय नेपाल