April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुरक्षित इन्टरनेट दिवस १७० भन्दा धेरै देशमा मनाइँदै

2.5K

काठमाडौँ – आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन यो वर्ष नेपालसहित १७० भन्दा धेरै देशमा यो दिवस मनाउन लागिएको छ । यो दिवस विश्वभर हरेक फेब्रुअरीको पहिलो हप्ता मनाउने गरिन्छ ।

बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् २०१९ देखि सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको हो । नेपालमा यो वर्ष सुरक्षित इन्टरनेट दिवस मनाउन राष्ट्रिय समन्वय समितिसमेत गठन गरिएको छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ । 

सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाकोे लागि काम गर्ने संघसंस्थाले अपिल भिडियो, पोडकास्ट, युट्युब, भ्लग, सोसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् । यसकासाथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि सञ्चालन हुने भएका छन् ।

Advertisement