काठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा भोलि मंगलबार बहस नहुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने जानकारी गराए।
अब प्रतिनिधि सभा विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ। संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन्।