काठमाडौं – सेती प्राविधिक शिक्षालयले करार सेवामा विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
डोटी स्थित उक्त शिक्षालयले सिभिल इन्जिनियरिङमा २, बाली विज्ञानमा ३, पशु पालनमा २, सिभिल इन्जिनियरिङमा १ र निर्माण प्रशिक्षण सहायक (सिभिल इन्जिनियरिङ) मा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त शिक्षालयका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र २ प्रति पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।
थप जानकारीका लागि फोनः नं. ०९४–४१२१७६, ४१२०२७ वा ईमेलः stsdipayal@gmail.com मा मेल गर्नुपर्ने सूचना दिएको छ ।