November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

टोटेनहमविरुद्ध लिभरपुलको जित

3.1K

काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। लिभरपुलले टोटेनहमलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

लिभरपुलले टोटेनहमलाई उसैको मैदानमा हराएको हो। यसअघि लिभरपुलले टोटेनहमविरुद्ध पहिलो लेगमा ‘होम’ खेल पनि २–१ ले जितेको थियो। प्रिमियर लिगमा भने लिभरपुलले पछिल्लो पाँच खेलमा जित निकाल्न सकेको थिएन। पछिल्लो पाँच खेलमध्ये साउथह्याम्पटन र बर्नलीसँग हारेको लिभरपुलले म्यानचेस्टर युइनाटेड, न्युक्यासल र बेस्ट ब्रुमसँग बराबरी खेलेको थियो। टोटेनहमविरुद्धको जितले लिभरपुलको आत्मविश्वास बढेको छ भने आफूलाई उपाधि दौडमा कायमै राखेको छ।

Advertisement