April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली राजदूतावासको सूचनाः नेपाल जाने यात्रुहरुका लागि क्वारेन्टाइन सम्बन्धी नयाँ व्यवस्था

11.2K

लण्डन/ बेलायतबाट नेपाल उडानको प्रतिवन्ध हटेसंगै नेपाली राजदुतावास लण्डनले नेपाल जान चाहने हवाई यात्रुहरुका लागि एक सूचना प्रकाशित गरेको छ । नयाँ प्रकारको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले गत माघ ११ गते विदेशबाट नेपाल जाने यात्रुहरुका लागि नयाँ आदेश जारी गरेसंगै विदेशस्थित नेपाली राजदूतावासहरुले पनि सोही बमोजिम सूचनाहरु जारी गरिरहेका छन् ।

आज जनवरी २८ मा लण्डनस्थित नेपाली राजदुतावासद्धारा जारी सूचना अनुसार अबउप्रान्त संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुहरुले यात्रा गर्नुअघि यात्रा गर्ने मिति तथा हावाई उडान सम्बन्धी विवरण अनिवार्य रुपमा राजदूतावासको इमेलमा उपलब्ध गराउनु पर्ने भएको छ । त्यस्तै हवाई मार्गबाट नेपाल जाने यात्रुहरुले आफ्नो यात्रापूर्व नै स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरी आफुमा कोभिड–१९ नभएको प्रमाण पेश गर्नु पर्ने भएको छ ।

सूचना अनुसार बेलायत लगायत नयाँ प्रकारको कोभिड–१९ बाट ग्रसित अन्य देशहरुबाट नेपाल जानु परे यात्रुहरुले हवाई टिकट खरिद गर्नुअगावै नेपालको संस्कृति तथा पर्यटन मन्त्रालयद्धारा तोकिएको होटल आफ्नो खर्चमा कम्तिमा १० दिनसम्मका लागि बुक गर्न पर्ने र त्यो प्रमाण वायुसेवामा चेक इन गर्दा प्रस्तुत गर्नु पर्नेछ । तर क्वारेन्टाइनमा बसेको पाँच दिनपछि स्वास्थ्य परीक्षण गराएको र कोरोना संक्रमित नभएको पाइएमा कुनै पनि यात्रु आफ्नो अन्तिम गन्तव्य प्रस्थान गर्न सक्नेछन् । तथापी त्यस्ता यात्रुहरुले गन्तव्यमा पुगेर पनि थप पाँच दिन क्वारेन्टाइनमा बस्नु पर्ने सूचनामा जनाइएको छ ।

Advertisement

त्यस्तै नेपाल जान चाहने एनआरएनए कार्डवाहक र विदेशी यात्रुहरुले पनि अनिवार्य रुपमा राजदूतावासबाटै अनलाइन र हुलाक मार्फत भिसा लिनु पर्ने व्यवस्था यथावत छ । साथै दूतावासले नेपाली नागरिक र नेपालसंग सीमा जोडिएका छिमेकी राष्ट्रका नागरिकहरु वाहेक अन्यलाई स्थल मार्गबाट नेपाल प्रवेश निषेध भएको पनि जानकारी गराएको छ । नेपाली राजदूतावासबाट जारी सूचना जस्ताको तस्तैः