November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा को

2.3K

काठमाडौं- १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन फेब्रुअरी १८ तारिखमाको भएको छ। बिसिसिआईले आइपिएलको अक्सन फेब्रुअरी १८ मा चेन्नाईमा गर्ने भएको हो।

आउँदो आइपिएलको १४औं संस्करण आठ टिमले खेल्ने अन्तिम प्रतियोगिता हो। २०२२ देखि भने आइपिएलमा १० टिमको सहभागिता रहनेछ। यो पटकको अक्सनमा ठूला खेलाडीको किनबेच हुनेछ।

राजस्थानका कप्तान स्टेभ स्मिथ, किंग्स इलाभेन पञ्जाबका ग्लेन म्याक्सवेल, रोयल च्यालेन्जर्स बैंग्लोरबाट क्रिस मोरिस र उमेश यादव, चेन्नाई सुपर किंग्सबाट केदार जाधव, मुम्बई इन्डियन्सबाट नाथन काउल्टर निल, जेम्स पटिन्सन, कोलकाता नाइट राइडर्सबाट टोम बेनटन र दिल्लीबाट जासन रोय, सन्दीप लामिछाने जस्ता स्टार खेलाडी रिलिज भएसँगै यो पटक आइपिएल अक्सनमा हुनेछन्।

Advertisement

आइपिएलको अक्सनबाट सबै टिमले गरी कुल २२ विदेशी खेलाडी किन्दै छन्। चेन्नाई र सनराइजर्स हैदरवादले विदेशी कोटामा अब १–१ खेलाडी मात्रै राख्न पाउँछन्। कोलकाताले दुई विदेशी खेलाडी अक्सनबाट राख्न पाउने छ। अक्सनबाट बैंग्लोरले चार विदेशी खेलाडी राख्न पाउँछ।