काठमाडौं । ६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनारसहितलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
सस्तोदरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको प्रहरीले बताएको छ ।
सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।