काठमाडौं । डेढ महिनाअघि नुहाउने क्रममा बेपत्ता भएका युवकको शव भेटिएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित दूधपोखरी कुण्डमा नुहाउने क्रममा बेपत्ता भएका क्ब्होलासोथार गाउँपालिका–४ भुजुङका १८ को मनोज गुरूङको शव फेला परेको हो ।
साउन २४ गते बेपत्ता भएका उनको खोजीका लागि शनिबार सशस्त्र प्रहरीको ४ जना गोताखोर सहितको टोली एयर डाइनास्टीको हेलिकप्टरमार्फत शुक्रबार नै त्यसतर्फ परिचालन गरिएको थियो ।
गोताखोरको टोलीले सडेगलेको अवस्थामा शव निकालेको उनको शव मृतकका परिवारलाई जिम्मा लगाइएको बताइएको छ ।