November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

खोटाङकी रेस्मिकाको सामूहिक बलात्कारपछि हत्या, एक जना पक्राउ

765

विराटनगर । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ । उनको हत्यामा संलग्न एकजना अभियुक्त छिमेकी दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ ५–६ जनाको आपराधिक समूहले बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको प्रहरीले जनाएको छ ।

Advertisement

रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ ।