झापा । सभ्यता अन्वेषण केन्द्रको ब्यानरमा बन्न लागेको बृत्तचित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को छायाङ्कन प्रारम्भ भएको छ ।
देशमा भएका तथा भइरहेका समृद्धि सम्बन्धि समग्र विषयहरूको उजागर गर्ने उद्देश्यले निर्माण थालिएको उक्त बृतचित्रको छायाङ्कन मेची नगर–१ बाहुनडाँगीको पाटापुरबाट सुरू भएको हो ।
सो स्थान मदन भण्डारी राजमार्गको प्रारम्भ बिन्दु हो । डा. बिजय सुब्बा र गोबिन्द काइला पराजुली सल्लाहकार रहेको बृत्तचित्रलाई संयुक्त रुपमा लेखन तथा निर्देशन शशि लुमुम्बू र बिश्वमणि घिमिरेले गरिरहेका छन् ।
देशमा भइरहेका बिकास निर्माणका समग्र पक्ष समेटिने बृत्तचित्र निर्माण पश्चात देशैभरी प्रदर्शन गरिने लक्ष्य रहेको निर्देशक लुमुम्बूले बताए ।
बृत्तचित्रको छायाङ्कनमा सुरज ढकाल र उपेश कोइराला रहेका छन् भने स्थानीय सहजीकरण युवा उद्यमि सुबोध निरौलाले गरिरहेका छन् ।