November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हङकङको जुम्लेखामा नारायण प्रसाद राई

बज्र कुमार थुलुङ राई
२०८२ श्रावण २८

1.8K

हङकङ । किरात साम्पाङ राई जुम्लेखा हङकङको छैटौं अधिवेशनबाट नारायण प्रसाद राई अध्यक्षमा चयन भएका छन् ।

सर्वसम्मत रूपमा गठन भएको १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष दिपक केशर राई, सचिव मणिराज राई, सहसचिव रविचन्द्र राई, कोषाध्यक्ष केशव राई,सहकोषाध्यक्ष जय राई,सदस्य देउ बहादुर राई, श्याम राई, नरेन्द्र राई,अर्जुन राई, कला राई, बिना राई,दीपा राई, विजय राई र कर्णवीर राई रहेका छन् ।

किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्र राई प्रमुख अतिथि र नेपाल आदिवासी जनजाति महासङ्घ मकाउका अध्यक्ष भीम किराती विशेष रहेको उक्त अधिवेशनमा किरात राई यायोक्खा सम्बद्ध भाषिक संस्था किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष सर्वधन राई, पुमा तुप्खा बाङ्खालाका अध्यक्ष पेङ किरात, बान्तावाखिमका अध्यक्ष दुर्गाकान्त राई, दुमी फन्सिखिमका अध्यक्ष कमल दुमी राई, थुलुङ (राई) सामाका अध्यक्ष दिनेश थुलुङ राई, कोयु/कोयी किमका अध्यक्ष प्रकाश राई, बायुङ सुम्निखिमका अध्यक्ष लोखराज राई, साम्पाङ राई जुम्लेखाका संस्थापक अध्यक्ष हरिचन्द्र राई, किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राई, इलाम समाजका अध्यक्ष वसन्त (विपिन)राई, नेपाल फाइनान्सका प्रमुख धिराजकुमार राई लगायतका विशिष्ट व्यक्तित्वहरु अतिथिगणमा आमन्त्रित थिए ।

Advertisement

सर्वसम्मत चयन भएका पदाधिकारीहरूलाई उक्त संस्थाका संस्थापक अध्यक्ष तथा निर्वाचन मण्डल प्रमुख हरिचन्द्र राईले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।
जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट एण्ड बारको सभाकक्षमा भएको उक्त अधिवेशनको औपचारिक कार्यक्रमको सञ्चालन सचिव मणिराज साम्पाङ राईले गरेका थिए ।