November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

845

विराटनगर । सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।

रुपनी गाउँपालिका–२ पौवाँमा शनिबार स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीय रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकानुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो ।

Advertisement

उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।