November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधिसभाको बैठक बस्दै

770

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

उक्त प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ ।

Advertisement

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।