November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

लिम्बू पत्रकार संघ, सुनसरीको चौथो जिल्ला अधिवेशन सम्पन्न

990

धरान, २७ वैशाख । लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति सुनसरीको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ।

धरानस्थित चुम्लुङहिममा सम्पन्न अधिवेशनले स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा मेरिना तुम्सा लिम्बू, सचिव टिना चोङबाङ, सह–सचिव किरण थेबे निर्वाचित भएका छन्। कोषाध्यक्ष भने कार्य समितिको बैठकले मनोनयन गर्ने नवनिर्वाचित कार्य समितिका अध्यक्ष फोम्बोले बताए।

कार्य समिति सदस्यमा मनिहाङ लिम्बू, बिनोद केदेम, जीवन केदेम र इन्द्र कुमार लिम्बू चिर्वाचित भएका छन्।

Advertisement

अधिवेशनको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बाले गरेका थिए।

उद्घाटन समारोहमा लिम्बू पत्रकार संघका तुम्याहाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बाले लिम्बू पत्रकारहरुले चेतना र अधिकारबारे सशक्त रुपमा कलम चलाउनुपर्ने बताए। त्यसका लागि संघले पत्रकारहरुको क्षमता अभिबृद्धिमा विशेष ध्यान दिनुपर्ने सुझाब दिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीका अध्यक्ष सुनिल चौधरी, किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष वशन्त राईले शुभकामना मन्तव्य राखेका थिए।

नव निर्वाचित कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि, संघका संघीय अध्यक्ष सुब्बाले सपथ ग्रहण गराएका थिए भने पत्रकार भैरव आङला, नेपाल पत्रकार महासंघ सुनरीका उपाध्यक्ष यसोदा सेने लगायतले बधाई ज्ञापन गरेका थिए। आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै नव निर्वाचित अध्यक्ष फोम्बोले आगामी दिनमा लिम्बू पत्रकार संघ, सुनसरीले क्षमता अभिबृद्धिका कार्यक्रमलाई विशेष जोड दिंदै संघलाई सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

लिम्बू पत्रकार संघका संघीय सदस्य सिंग बहादुर मादेन, मौसमी लिम्बू समेतको उपस्थिति रहेको अधिवेशन लिम्बू पत्रकार संघ, सुनसरीका निवर्तमान अध्यक्ष कुशल कुरुम्भङ लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो।