November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ललितपुरको रिह्‌याब सेन्टरमा राखिएका एक पुरुषको मृत्यु

1.2K

काठमाडौं । ललितपुरको रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ ।सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् ।

बडीखेलस्थित विश्वास नेपाल रिह्‌याब सेन्टरमा राखिएका घिसिङलाई गएराति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको दावी गरिएको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

Advertisement

घिसिङ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ नाम्गेल बस्दै आएका थिए । घटनाबारे प्रहरी प्रभाग बाँडेगाउँले अनुसन्धान गरिरहेको छ ।