April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘दिलमाया च्यारिटी सांगीतिक साँझ’ भव्य रुपमा सम्पन्न

1.7K

काठमाडौं । हङकङमा दिलमाया मेमोरियल फाण्डेसनको अक्षयकोष स्थापनार्थ ‘दिलमाया च्यारिटी सांगीतिक साँझ’ सम्पन्न भएको छ । ईष्टर होलिडे तथा नेपाली नयाँ वर्षको अवसर पारेर आइतबार जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

मौसम इम्बुङ (फुःलेन्देको बाउ)ले औपचारिक सेसनको उद्धघोषण गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खुशी तावा लिम्बुले गरेका थिए भने प्रमुख अतिथि याऊ चिम मोङ डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ र विशिष्ट अतिथि एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल रहेका थिए ।

दिलमाया फाउण्डेसन सन् २०१७ मा बेलायतमा स्थापना भएको हो । स्वः दिलमाया लिङ्देनको स्मृतिमा स्थापित यस फाउण्डेसनबाट नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Advertisement

फाउण्डेसनको अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको उद्धाटन अथितिहरुबाट पानसमा दीप प्रज्वलन गरी गरिएको थियो । कार्यक्रममा स्वः दिलमाया लिङ्देनको नाममा मौनधारण पनि गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका सल्लाहकार साहित्यकार/गीतकार जानु काम्बाङ लिङ्देनले ‘दिलमाया’का बारेमा जानकारी दिएकी थिइन् । यस फाण्डेसन बिशुद्ध समाजसेवाका निमित्त भएको जानकारी दिँदै उनले यसले नेपालका शिक्षा, स्वास्थ्य, खेलकुदलगायतको क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिईन् ।

सोही अवसरमा फाउण्डेसनले युवा प्रतिभा प्रोत्साहनस्वरुप ६ जना युवाहरुलाई सम्मान गरेको थियो । जसमा कवि तथा लेखक जूनु दिव्या रानालाई ‘साहित्य तथा सामाजिक प्रभावमा उत्कृष्टता पुरस्कार– २०२५’, संचारकर्मी अनोज रोक्कालाई पत्रकारिता तथा संचार पुरस्कार–२०२५, संस्कृति अभियन्ता चापेता सेर्मालाई परोपकारी उत्कृष्टता पुरस्कार–२०२५, व्यवसायी अभिषेख बराललाई ‘युवा उद्यमशीलता पुरस्कार–२०२५’ र संगीतकर्मी साक्थिम योङ्यालाई ‘म्युजिक अवार्ड–२०२५’द्धारा सम्मान प्रदान गरिएको थियो ।

सम्मानितहरुलाई फाउण्डेसनका अध्यक्ष खुशी लिम्बु, कार्यक्रमकी प्रमुख अतिथि अरुणा गुरुङको बाहुलीबाट ट्रफी र सम्मानपत्र प्रदान गरी खादा अर्पण गरिएको थियो ।

अवार्ड सेसनलाई चलचित्र निर्देशक युगल पोमुले सहजीकरण गरेका थिए ।

सम्मान प्रदान गरिसकेपछि प्रमुख आतिथि गुरुङले फाण्डेसनले आयोजना गरेको अवार्ड सेरेमोनी एकदम राम्रो लागेको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘हङकङमा हामी काम गर्न आएको हौं । यसरी दुःख गरेका छौं । तर पनि हामीले बिजनेस, लिटरेचरमा, पत्रकारितामा काम गरिरहेका छौं । वहाँहरुले फुर्सदको बेला पनि गरिराख्नुभएको छ । यतिसम्म अचिभमेन्ट गरेको कुरा आज यसरी अवार्ड सेरेमोनीमा वहाँहरुको योगदान सुन्न पाउँदा धेरै खुशी लागेको छ ।’

कार्यक्रममा फोटोपत्रकार विजय सुब्बा, डिपी इन्टरटेन्टमेन्टका राजधर्म मगर, मज्जाको हङकङका मज्जाको राईको उपस्थिति रहेको थियो ।

अध्यक्ष खुशी लिम्बुले उपस्थित सबैलाई धन्यवाद दिँदै औपचारिक सत्रको समापन गरेका थिए ।

सांगीतिक साँझका लागि नेपालबाट गायिका सुनिता थेगिम, दीपा सुहाङ, गायक बादल लिम्बु र कार्यक्रम प्रस्तोता भूमिका फियााक हङकङ पुगेका थिए । सांगीतिक सेसनलाई फियाकले संचालन गरेकी थिइन् ।

सांगीतिक साँझमा सुनिता थेगिम, दीपा सुहाङ, बादल लिम्बुले पाँचपाँचवटा गीत प्रस्तुत गरेका थिए भने हेलेना लिम्बुले अंग्रेजी गीत र कुमुम काम्बाङ र दिलिप कङ्लिबाले युगल गीत प्रस्तुत गरेका थिए ।

दिलमाया फाउण्डेसन साँझलाई लिङ्देन सयङ हङकङ, एसिया एड्भेन्चर, ह्युमन रिसोर्स एण्ड कन्ट्रक्सन, याक्थुङ फियाक सयङ सङ्जुम्भो हङकङ, खेमकुमार लिम्बु र पूजा राई लिङ्देन, कमल गुरुङ, लेजी बार एण्ड रेस्ट्रो, लोकेन लिम्बु (सिंथेबे), शान्ति लिम्बु र हेम राई, इमेजे हेयर शैलुन (प्रो.ईन्द्र गुरुङ), टीका गुरुङ (राधिका), लिङ्देन कन्सल्टेन्ट लिमिटेड, नबराज काम्बाङ, कमलराज लिङ्देन र सुशिला थेबे लिङ्देन, कृष्ण पाण्डे (फिष्टेल ट्राभल), लिङ्मा कन्ट्रक्सन एण्ड इन्जिनीयरिङ, पृथ्वि इङ्नाम, होमराज चेम्जोङ र देउकुमारी, भीम पुन, विमल आङ्बुहाङ, इन्दर पुन, लोक आङ्बुहाङ, प्रदीप कन्दङ्वा, राधिला बोखिम लिम्बु, राम लि राई, हेम तबेबुङ लिम्बु, कृष्ण सेनेहाङ, ब्लुस्टार एक्सप्रेस एण्ड गोर्खा स्टोर, नेत्र कन्भेनिअन्स् स्टोर वान चाइ, देव गुरुङ, नविन सहाङ, इन्द्र वनेम, शेरबहादुर लक्सम्बा, महेन्द्र के.लिङ्देन र सुमन के. लिङ्देन, भुपेन्द्र चेम्जोङ (नाइस कन्सल्टेन्सी), डम्बर लिङ्देन, इन्द्र खोयाहाङ, अनिता गुरुङ (सनसाइन हेयर), दासुराम पराजुली, टंक नाल्बो, नब राई काङ्बाङ, नन्द चङ्सु (संगम स्टोर, जोर्डन), रविन लिङ्देन (अम्बु जेठा), बसन्त थेबे, भुवन लिङ्देन र ओङ्मु भुटिया लिङ्देन, गोकर्ण प्रसाद ढकाल, प्रदीप थापा, संगीता आङ्बुहाङ, नेत्र थेबे, कैलाश काम्बाङ, विष्णु योञ्जन लामा, कला यक्पाङ्देन, रामकुमारी हाङ्स्रोङ, जेबी ओख्राबु, सुनिल कार्की, रुबी मादेन (सेमी लिम्बु), कविता गुरुङ, श्याम इङ्नाम, विजय सुब्बा, इन्दीरा थाम्सुहाङ, रोशा लिम्बु, करुणा श्रेष्ठ, डिल्ली बिके, मेञ्जिला गुरुङ (प्रेणा),धन थापा, देनेहाङ लिङ्देन, माया खापुङलगायतले प्रायोजन गरेका थिए ।