काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुने भएको छ । नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाका अनुसार शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरुबीच छलफल हुने भएको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने अडान लिदै आएका छन् ।