April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

मकवानपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते

700

विराटनगर । मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा बिहीबार बिहान करिब ४.५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीकाअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ सडकबाट बस करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको घाइते भएकाहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीकाअनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।