April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बीपी राजमार्गमा ठूला गाडीहरू पनि सञ्चालन हुने

950

काठमाडौं । आज साँझदेखि बीपी राजमार्गमा ठूला गाडीहरू पनि सञ्चालन हुने भएका छन् ।

वर्षासँगै बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिनयता साना सवारीसाधन चल्न दिइएकोमा सोमबार रातिदेखि भने ठूला सवारीसाधन चलाउने तयारी भएको सडक डिभिजन भक्तपुरले जनाएको हो ।

ठूला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र उक्त सडकमा सञ्चालन अनुमति पाएका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ ।

Advertisement

सडक खुलाए पनि राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना रहेको भन्दै डिभिजनले रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ ।

बाढीपहिरोका कारण यो राजमार्ग केही दिनसम्म अवरुद्ध थियो ।