काठमाडौं । ‘खोजी मौलिकताको अभियान समृद्धिको’ नाराकासाथ नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा लैजाने उद्देश्यले स्थापित गोरक्ष हाटबजारको, उद्घाटन हुने भएको छ ।
विश्व हिन्दु युवा संघको पहलमा सुरु भएको हाटबजार भोलि असोज २१ गते सोमबार उद्घाटन हुने बताइएको छ ।
गोरक्ष हाटबजार, राममन्दिर मार्ग बत्तिसपुतली काठमाण्डौमा केही समय अघिबाट सुरु भएको हो ।
नेपालको आधारभूत तहमा रही गाउँघर, शहर, तराई, पहाड र हिमालका सबै भूगोलबाट देश र जनतासँग जोडिएका मौलिक उत्पादनहरूको बिक्री व्यवस्थापन गर्ने उद्देश्यले स्थापित गोरक्ष प्रा लि.ले काठमाण्डौको गौशालामा सुरु गरेको हाटबजार प्रत्येक शनिबार संचालनमा आएको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजङ्ग शाहले बताए ।
उनले स्थानीय उत्पादन र उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियानको सुरु गरिएको बताए ।