April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली सेनाको टोली लन्डनमा

860

लन्डन । विश्वप्रख्यात एवं कठोर मानिने एक अभ्यासका लागि नेपाली सेनाको टोली लन्डन पुगेका छन् । सेनाका १० जनाको सोमबार राती लन्डन आइपुगेको छ ।

संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित ब्रेकनमा हुने ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२४’ मा सहभागी हुन आएको टोलीलाई लन्डनस्थित नेपाली दूतावासका सैन्य सहचारी कर्णेल अनुप शाहले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

उक्त अभ्यास आगामी महिना ४ देखि १३ अक्टोबरसम्म चल्नेछ । १६० औं वेल्स ब्रिगेडले आयोजना गरेको यसलाई ब्रिटिस सेनाको प्रमुख पट्रोल इभेन्ट मानिन्छ । गत वर्ष २०२३ मा ११३ टिमले यस अभ्यासका लागि आवेदन दिएका थिए, जसमध्ये ३८ वटा टिम अन्तर्राष्ट्रिय थिए ।

Advertisement

क्याम्ब्रियन पेट्रोल आवेदन छनोट भएका सबै तीन सेवा (नियमित र रिजर्भ बल) एवं विदेशी सैन्य एकाइहरुबीच वार्षिक रूपमा सञ्चालन गरिन्छ । अभ्यास ४८ घण्टाका दरले आठ चरणमा १० दिनसम्म हुनेछ । प्रत्येक गस्तीले लगभग ६० किलोमिटर (औसत आरोहण र अवतरण एक हजार मिटर बढी) कभर गर्नेछ र प्रति व्यक्तिले ३५ किलो तौल बोक्नेछन् ।