November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पाँचथर बम विष्फोट घटनाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्छ : सांसद बर्तौला

1.1K

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै बर्तौलाले भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाईते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गरेका हुन् ।

प्रमुख सचेतक बर्तौलाले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने बताए ।

Advertisement

बर्तौलाले भने,‘यही भाद्र १३ गते पाँचथरमा एउटा असाध्यै दुःखद् घटना घट्यो । डाँडाटोलमा रहेको आईतराज केरुङको घर आसपास बेवारिसे बम फेला प¥यो। त्यो विष्फोट हुँदाखेरी विशेष गरी यो सशस्त्र द्धन्द्धकै २ जना बच्चाहरुको निधन भयो, मृत्यु भयो । त्यस विष्फोटमा गरी अन्य २ जना बालकहरु घाइते पनि भए । यो असाध्यै दुःखद घटना हो सम्माननीय सभामुख महोदय । यो दुःखद् घटना हो । सरकारले यस्ता घटनाबारे गम्भिरताका साथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यतया यतिका दिन भईसक्दा पनि यस घटनामा जोडिएका दोषी को हो रु यो सरकारले सरकारले यो सदनलाई आएर बताउनु पर्छ । थाहा दिनुपर्छ । यस्तो गम्भिर प्रकृतिको घटनामा माननीग गृहमन्त्रीज्युले संसदमा जानकारी गराउनु बढदा उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु । हामीले यो छापा मिडियाहरुमार्फत सुन्यौ, थाहा पायौं कि यो विशेष गरी सशस्त्र द्धन्द्धकै समयमा बिछयाइएको बमहरु, छोडिएका बमहरु, फ्याँकिएका बमहरु नै अहिले आएर विष्फोट भयो । यदि त्यसो हो भने सम्माननीय सभामुख महोदय, यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो ? कसले जिम्मा लिनुपर्ने हो ? सामान्य तया राज्य पक्षबाट यस प्रकारको बेवारिस बमहरु छोडेर हिँडने हामी देख्दैनौं, सुन्दैनौं । त्यतिबेलाका द्धन्द्धको एउटा पक्षबाट यस प्रकारका बेवारिसे बमहरु विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसको बारेमा जिम्मेवारी लिनुपर्छ । ’