March 13, 2025, Thursday
२०८१ चैत्र १
1:37:26 pm

संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टीबीच एकता

1.7K

काठमाडौं । संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबिच पार्टी एकता भएको छ । ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा यहि भदौ १० गते आयोजित एकता घोषणा कार्यक्रम गरि दुई पार्टीबीच एकता घोषणा गरिएको हो । घोषित पार्टीको नाम आमूल परिवर्तन नागरिक पार्टी रहेको छ ।

आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरी र संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले संयुक्त रुपमा पानसमा बत्ति बालेर पार्टी एकता कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति अभियन्ता एवम् पहिचानवादी नेता आङकाजी शेर्पा, पूर्वराजदूत डा. निर्मल विश्वकर्मा, विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियार, पहिचानवादी मोर्चाका अध्यक्ष प्रा.डा. महेन्द्र लावती, सी.डब्ल्यु.एनका अध्यक्ष डा. मित्र परियार, पूर्व न्यायाधीश डा.सलाउद्दिन अंसारी, एन.सि.एफका अध्यक्ष हनोक तामाङ्ग, ईसाई अगुवाहरु डा.सिमोन पाण्डे, के.वी.रोकाया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष दलमर्दन कामीले यो एकता आत्मिक र सत्यताको एकता भएको हुनाले कुनै पनि शक्तिले यसलाई विफल तुल्याउन नसक्ने दावी गरे । त्यसैगरि अर्का अध्यक्ष भरत गिरीले आध्यात्मिक भौतिकवादले मात्र यो देशको परिवर्तन हुने हुनाले आध्यात्मिकताको एजेन्डा मिल्ने पार्टीहरु एकता गरेर अघि बढ्ने बताए ।

Advertisement

यसैबीच एकता घोषणा सभाद्वारा “आमूल परिवर्तन नागरिक पार्टी“ घोषणासंगै ३७ जनाको पदाधिकारी सहित १२१ सदस्यीय केन्द्रीय कार्य समितिको पनि चयन गरिएको छ, जसमा अध्यक्ष दलमर्दन कामी र भरत गिरी, वरिष्ठ नेता कमला हेमचुरी, उपाध्यक्ष सुशिला बेघा, उपाध्यक्षहरू इन्द्रबहादुर राई, डिल्लीप्रसाद चौलागाईं, डिल्लीबहादुर तामाङ, बि.आर. लामा, कलिराम पुर्जा, ओमकुमार श्रेष्ठ, बलराम विश्वकर्मा, जित घले, हुमबहादुर पुन छन् ।

त्यसैगरी महासचिव प्रेमबहादुर कार्की, उपमहासचिवहरू ध्रुवराज गिरी, विदुर अधिकारी, श्यामबहादुर राई, नरेश बिक, कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बु छनन् । सचिवहरूमा शशीकुमार विश्वकर्मा, ताराबहादुर तामाङ, मनबहादुर कार्की, सुरेन्द्र परियार, सृजना लामा भट्टराई, रमेश कुश्वार, शुभराज प्रजा, दिलबहादुर तामाङ, सोमबहादुर आले, सपना महर्जन, रामबहादुर पाठक क्षेत्री, विनोद सेन ठकुरी, सहकोषाध्यक्षहरू विष्णु गुरुङ, टेकनारायण श्रेष्ठ, राम महर्जन (रूविन), चन्द्रमाया सुनुवार, सदस्यहरूमा जयराम बस्याल र जितबहादुर नेपाली रहेका छन् ।

दलमर्दन कामीको अध्यक्षतामा सम्पन्न भएको उक्त एकता घोषणा सभा कार्यक्रममा पार्टीका उपाध्यक्ष वि.आर.लामाले अतिथि लगायत सहभागीहरुलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए भने उपमहासचिवद्वय विदुर अधिकारी र नरेश क्षितिजले कार्यक्रम संचालन गरेका थिए ।