इलाम । साहित्यकार अभागी थेगुवाको ‘सपनाहरूको बही’ कवितासङ्ग्रहको विमर्श इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको छ ।
स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको नविनतम कृतिमाथि विमल वैद्य, केशबहादुर राई र धर्मादेवी निरौलाले बोलेका थिए ।
नेपाली साहित्य आकाशमा थेगुवको सपनाहरूको बही कविता कृति नवीन ,उत्कृष्ट र पठनीय बनेको बिमर्श कार्यक्रममा तीनजानै समीक्षकहरुले समीक्षात्मक टिप्पणी राखेका थिए ।
गणितीय चिन्हहरुको प्रयोग गरि शक्तिशाली कविता लेख्न सिपालु कवि थेगुवाले बही र काठमाडौंलाई खबर दुईवटा कविता वाचन गरेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङ्को अध्यक्षता एवम् युद्धप्रसाद वैद्य, प्राज्ञ रविमान लम्जेल र प्राज्ञ कोमल निरौलाको विशिष्ट अतिथ्यतामा इलामको अरनिको सांस्कृतिक सङ्गालयमा भएको थियोे ।
कार्यक्रममा समाजसेवी तोयानाथ भट्टराई ,लोक गायक देवी गौतम,गजलकार विवश बलिभद्र कोइराला, कवि सुन्दर कुरुप, कवि सेलीङ केसी, राजकुमार सुब्बा अनिश्चित, साहित्यकार देवीचरण भण्डारी, स्रष्टा लक्ष्मी मिश्र लगायतका अन्य साहित्यकारहरुको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जयनारायण भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य खीना बस्नेतले राखेकी थिइन् ।