November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बबिना किराती र खुशी लिम्बुको ‘पाँचथरको फिदिम बजार’ सार्वजनिक

3.8K

काठमाडौं । खुशी लिम्बुको ‘पाँचथरको फिदिम बजार’ सार्वजनिक भएको छ । लिम्बु र बबिना किरातीको स्वर रहेको उक्त गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो ।

पवन बान्तावा राई र खुशी लिम्बुको शब्द रहेको यस गीतमा पवनको संगीत र मनोज साङ्सोन राईको संगीतसंयोजन रहेको छ ।

स्टुडियो किङमा रेकर्ड गरिएको यस गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् ।

Advertisement

अर्जुन खड्काले सम्पादन गरेको स्टुडियो भिडियो खुशी लिम्बु लिम्बु युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । उनी हाल नेपाल मामिला डट कमका प्रधान सम्पादक नेपालमा एक लगानीकर्ता हुन् ।

उनको यसअघि ‘मैच्याङको गालैको कोठी’, ‘बर्षगाँठको शुभकामना’ लगायतका गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।