April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कलाकार पी. सिंहका नेपाल झल्काउने मनमोहक कलाकृतिहरूको प्रदर्शन

965

लन्डन । ‘नेपाल यात्रा’ कला प्रदर्शनीको आठौं संस्करण ३० जुन २०२४ मा बेलायतको रेडिङमा सम्पन्न भएको छ ।

२९–३० जुनमा ‘द रोजिएट होटल’मा आयोजित प्रदर्शनीमा कलाकार पी. सिंहका विभिन्न मनमोहक ऐक्रेलिक पेन्टिङहरू प्रस्तुत गरिएको थियो जसले नेपालको प्राकृतिक दृश्य, समृद्ध संस्कृति, सम्पदा लगायत वन्यजन्तुको कलात्मक रूपमा चित्रण गरेको थियो ।

यसअघि बेलायत, कतार र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न प्रतिबद्ध छन् ।

Advertisement

आफ्नो उत्साह व्यक्त गर्दै, कलाकार सिंहले भने, “हेल्भेट आर्ट प्रर्दशनीमा मेरा कलाकृतिहरूमार्फत नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । दुई–दिने प्रदर्शनीमा सयौं कलाप्रेमी आगन्तुकहरूलाई नेपाली कला, संस्कृति, र प्राकृतिक दृश्यहरू देखाउन पाउनु वास्तवमै रोमाञ्चक थियो ।” उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियालाई टिप्पणी गरे ।

लन्डनको क्ःद्यऋ बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो खाली समयमा चित्रहरु कोर्छन् ।

“हेल्भेट आर्ट प्रर्दशनीले धेरै देशका कलाकारहरूको प्रदर्शनी गरिसकेको छ, र हामी नेपालका कलाकृतिहरू प्रदर्शन गर्न पाउँदा निकै रोमाञ्चित भयौं,” हेल्भेट आर्ट प्रर्दशनीका संयोजक इना वार्सले भनिन् ।

नेपालको सांस्कृतिक सम्पदा र पर्वतहरू झल्काएका कलाकृतिहरूको प्रर्दशनीमा आएका कलाप्रेमी आगन्तुकहरूले सराहना गरे । साथमा, यि कलाकृतिहरूले सहकर्मी कलाकारहरूको ध्यान पनि उत्तिकै खिचे । “यहाँ सहभागी कलाकारको रूपमा म नेपाली कलाकृतिहरू देखेर निकै खुशी छु जसले मलाई मेरो युवाकालमा नेपालमा गरेको पदयात्राका सम्झनाहरू फर्काइदियो,” ब्रिटिश कलाकार जोनाथन क्रफोर्डले भने ।