April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बालिकाहरू घरपरिवारदेखि समाज र कार्यस्थलमा पनि असुरक्षित

लेखनाथ सिकारू
२०८१ असार ६

4.9K

काठमाडौं । काठमाडौंको चन्द्रगिरिनगरपालिका स्थित चुनदेवी माध्यमिक बिद्यालय कक्षा ८ मा अध्ययनरत सुनिभा नेपालीले बालिकाहरू घर परिबार समाज र कार्यस्थलमा समेत असुरक्षित भएकाे बताएकी छन् ।

जिल्ला युवा समिति काठमाडौंले किशोरी युवाहरुलाई लक्षित गरेर आयोजना गरेको आत्मरक्षक तालिम समापन कार्यक्रममा उनले यस्तो भनेकी हुन् ।

काठमाडौंको चन्द्रगिरिनगरपालिकामा रहेको चुनदेवी माध्यमिक बिद्यालयमा तालिम समापन भएको हो ।

Advertisement

समापन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले तालिमले महिला तथा किशोरीहरुलाई आत्मरक्षाका लागि सहयोगी बन्ने बताइन् ।
उनले नेपालमा भएकाे कानुनकाे कार्यन्वयन मात्र गर्ने हाे भने पनि हिंसा न्युनिकरण हुने बताईन् ।

बाग्मती प्रदेले यस बर्षलाई सीप बर्षकाे रूपमा लैजाने भन्दै सीप सिकेर स्वराेजगार बन्न आग्रह गरिन् ।

कार्यक्रममा युवा तथा खेलकुद परिषद काठमाडौंका अध्यक्ष रुपा थापामगरले तालिमले महिलाहरु माथि हुने हिंंसालाई तत्काल प्रतिवाद गर्न सहयोग गर्ने बताइन् ।

उनले हिंसा रहित वातावरण बनाउन प्रेरित गर्दै नेपालको कानून बमोजिम पीडकलाई कारवाहीको दायरामा ल्याउन यस्ता तालिम अन्य क्षेत्रमा पनि सञ्चालन यर्नु पर्नेमा जोड दिइन् ।

हिंसा सहेर बसेमा पीडकको मनोवल उच्च हुने हँदा त्यस्तालाई कानूनी दायरामा ल्याएर सजायाँको भागिदार बनाउन पर्ने अध्यक्ष मगरको भनाइ थियो ।

तालिमकी प्रशिक्षक राधिका हमालले किशोरीहरुलाई आफ्नो सुरक्षा आफैं गर्न सकुन भन्ने उद्देश्यले यस्ता खेल सम्बन्धी तालिम आवस्यक रहेको बताएकी ,थिइन् ।

समापन कार्यक्रममा डा. कुल पाण्डे ,चन्द्रबहादुर खत्रीलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।
प्रदेश सरकारले सीप सिकौ आत्मनिर्भर बनौं भन्ने नाराका साथ यो बर्ष सीप वर्ष घँषणा गरेको छ ।

सरकारले विभिन्न विधाका सीप अन्र्तगत कुक, वेटर, सिलाइ बुनाइ , ड्राभिङ लगायतका सीपमूलक तालिम संचालन गर्दै आएको छ ।

प्रमुख अतिथि र विशेष अतिथिले तालिममा सहभागीलाई सम्मन पत्र वितरण गरेका थिए ।

२ दिन सम्म चलेकाे कार्यक्रममा नेपाल लाईन्स क्लव अफ सेल्फ डिफेन्स काठमाडौबाट प्रमुख प्रशिक्षक राधिका ऐर हमाल र प्रशिक्षकहरू बिमला क्षेत्री ,पुजा लामा, र सम्झना पाेखरेलले सहजिकरण गरेका थिए । कार्यक्रममा चुनदेबि माविका ३० जना छात्राहरूकाे सहभागीता रहेकाे थियाे ।