April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बराहक्षेत्रमा पनि ‘दुव्र्यसन विरुद्ध आमाहरू’ अभियान शुभारम्भ

1K

विराटनगर । इलाका प्रहरी कार्यलय, महेन्द्रनगर चक्रघट्टीले ‘दुव्र्यसन विरुद्ध आमाहरु’ अभियान शुभारम्भ गरेको छ ।

बिहीवार इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी र बराहक्षेत्र नगरपालिकाको सहकार्यमा कोशी प्रदेश प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रमको सुभारम्भ कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङ, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, नगर प्रमुख रमेश कार्की लगायतको उपस्थितिमा गरिएको थियो ।

Advertisement

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै विकाससँगै लागुऔषध पनि गाँउ भित्रिन थालेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबरे खापुङले बताए । उनले भने,‘जहाँ गाडी पुगेको छ , त्यहाँ लागुऔषध सप्लाई भएको छ सोलुखुम्बुबाट ब्राउनसुगर सहित पक्राउ पर्छ विकास सँगै त्यसको सही सदुपयोग नगर्दा विकृति पनि फैलिएको छ ।’

लागुऔषध न्यूनिकरणमा प्रहरीको मात्रै नभएर परिवार सहित सिंगो समाजको जिम्मेवारी रहेको बताउदै उनले परिवारको एउटा सदस्य सचेत भए त्यसले सिँगो परिवारहित गाँउ समाजलाई सचेत बनाउने भएकाले पनि यो अभियान आमा प्रति लक्षित गरिएको उनको भनाई थियो ।

‘प्रहरीले मात्रै जनचेतना फैलाएर हुँदैन, आमालाई लक्षित किन गरियो भने सन्ताने आनीबानी, दैनिक व्यवहार आमालाई थाहा हुन्छ , आमालाई जति भविष्यको चिन्ता बाउहरुलाई हुँदैन ,’ उनले भने,‘आमाहरुले चलाएको अभियान धेरै प्रभावकारी भएको पनि देखिएको छ, आमाहरुलाई सचेत गराउनका लागि पनि यो अभियान सुरु गरेको हो ।’

यस्तै, आमा सचेत भए सन्तानका गल्ति लुकाउनु नहुनेरहेछ भन्ने आमाहरु सतर्कता हुने बताउदै उनले भने,‘आमा सचेत भए सबै सचेत हुन्छ, आमा यो अभियानमा लाग्नु भनेको सबैको धर दुव्र्यसन विरुद्ध लाग्नु हो ।’

यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले खुल्ला सिमानाका भएकाले पनि लागुऔषध न्यूनिकरण र नियन्त्रणमा चुनौती बढेको बताए । अब समाज र राज्यको सुन्दर भविष्यका लागि लागुऔषध न्यूनिकरण अभियानमा लाग्नुपर्नेमा उनले जोड दिए ।

आमाहरुले अलिकति ध्यान पुर्‍याउन सके लागुऔषध नियन्त्रण हुन सक्ने उनको भनाई थियो । नगर प्रमुख रमेश कार्कीले लागुऔषध नियन्त्रणमा पक्राउ परेकालाई घोड्न कुनैपनि खालको सिफारिस लिएर नआउन आग्रह गरे । उनले यो अभियानमा खुलेर साथ दिन समेत सम्पूर्णमा अनुरोध गरे ।

बराहक्षेत्र नगरपालिकाकी उप–प्रमुख नन्दकुमारी सुनुवारको अध्यक्षतामा भएको सो कार्यक्रम बराहक्षेत्रको सम्पूर्ण वडामा समेत यो अभियान सञ्चालनमा ल्याउनका लािग चौकीहरुमा समेत समन्वय भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीका इन्चार्ज प्रहरी निरिक्षक विकास राईले जानकारी दिए ।