काठमाडौं । किरात याक्थुङ चुम्लुङ युएईले गायिका झिमा लिम्बू वनेम र कियाचुकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोलाई सम्मान गरेको छ । मंगलबार ललितपुर स्थित कियाचुको केन्द्रीय कार्यलयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दुवैलाई सम्मान गरिएको हो ।
सम्मानित तुम्बापो र वनेमलाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अनलाइन खबरले सार्वजनिक गरेको ५० प्रभावशाली महिलाहरूको सूचिमा पर्न सफल भएका थिए ।
उनीहरूलाई दोसल्ला र कदर पत्रद्वारा सम्मान गरिएको हो ।
कियाचुका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षता तथा युएई चुम्लुङ महासचिव मनिषा सुब्बा र प्रवक्ता भुमी इधिङ्गोको उपस्थितिमा सो सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।