April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

अफगानिस्तानमा बाढीमा परेर कम्तीमा १४ जनाको मृत्यु

1.8K

काबुल । अफगानिस्तानमा भारी वर्षापछिको बाढीमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । ४ प्रान्तमा वर्षा र बाढीका कारण १४० आवासीय घरहरू क्षतिग्रस्त हुनुका साथै दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ ।

टोलो न्युजका अनुसार, विगत तीन दिनमा बाढीका कारण लगभग १४ जनाको मृत्यु भएको हो । एकजना बेपत्ता छन् । बाढीका कारण आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्  ।

यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडक भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताएका छन् 

Advertisement

बाढी र भूस्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरू खुलाउने काम भइरहेको छ,” उनले भने ।

निरन्तरको भारी वर्षाका कारण स्थानीयवासीको धेरै नोक्सानी भएको छ । बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाए ।