April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

टेम्केमैयुङमा स्थानीय पाठ्यपुस्तक लागु

1.9K

काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागु गरेको छ । दुई वषअगाडि नै स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास गरी लागु गरेको टेम्केमैयुङ गाउँपालिकाले सोही पाठ्यक्रमका आधारमा तयार पारिएको ‘हाम्रो टेम्केमैयुङ’ नामक स्थानीय पाठ्यपुस्तक यसै शैक्षिक सत्रको आरम्भदेखि लागु गरेको हो ।

स्थानीय पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म लागु गरिएको छ ।

आफ्नो भूगोल, परिवेश, पर्यटन, कृषि, भाषा, संस्कार–संस्कृति, रैथाने सिप, कला र प्रविधिलगायतका बारेमा गाउँपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई ज्ञान प्रदान गरी विद्यार्थीको मनमा आफ्नोपनको माया जागृत गराई आफ्नै ठाउँमा संभावनाको खोजी गर्ने योग्य नागरिक बनाउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार गराई पठनपाठन सुरु गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

Advertisement

अध्यक्ष बस्नेतले भने, “बजेटको सीमितताका यसपालि कक्षा १ देखि ३ सम्म मात्रै स्थानीय पाठ्यपुस्तक तयार पारी लागु गरिएको छ । बाँकी कक्षा ४ देखि ८ सम्म यसै वर्ष पाठ्यपुस्तक तयार पारी आगामी शैक्षिक सत्रदेखि लागु गरिने योजना रहेको छ ।”