November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नुहाउन गएकी बालिकाको नहरमा डुबेर मृत्यु

1.5K

विराटनगर । झापामा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हिजो दिउँसो साढे ३ बजे स्थानीय राजवीर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिएको थियो भने इलाका प्रहरी कार्यालाय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा कानूनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Advertisement