काठमाडौं। विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा स्वयम्भू परिसर सरसफाइ गरिएकाे छ । काठमाडौंका विश्व सम्पदा सूचीमा रहेका ३ बटा पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम अन्तर्गत आज स्वयम्भू परिसरमा सरसफाइ गरिएको हाे ।
पृथ्वी दिवसको अवसर पारेर युनिभर्सल पिस स्यन्चुरी मार्फत विभिन्न संघसंस्था तथा समाजको विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरुको सहभगीतामा पहिलो दिनको रसफाइ कार्यक्रम सम्पन्न भएको हो।
३ दिन सम्म संचालन हुने कार्यक्रम अन्तर्गत आज (बैशाख ८ गते) स्वयंभु महाचैत्य परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बाका गुरू श्याल्पा रिन्पोछे, नेपाल सरकारका पूर्व मुख्य सचिव, पूर्व राजदुत एवं लिलामणि पौडेल ,काठमाडौं महानगरपालिका १५ का वडा अध्यक्ष ईश्वरमान डङोल, वडा सदस्य बिजु श्रेष्ठ, युनिभर्सल पिस स्यान्चुरीको तर्फबाट यस सफाई कार्यक्रमका संयोजक छोईङ देचेन, फोहोरमैला व्यवस्थापन संघका महासचिव, परिवर्तन सेवा प्रा.लिका प्रबन्धक मीत्रप्रसाद घिमिरे, क्लिन ईट अपसाईक्लर्सका प्रमुख कार्यकारी अधिकृत शशी किरन थापा ,बागमती अभियान किसोर शाही , श्याल्पो गुन्बाका भिक्षुहरू, अमेरिकन दूतावासका प्रतिनिधिहरूसहित थुप्रै युवा अभियन्ताहरू निस्वार्थ रुपमा सहभागी भएका थिए ।
भोलि ९ गते पशुपतिनाथ मन्दिर परिसर र १० गते बौद्ध मन्दिर परिसर सफाई अभियान रहेको सरसफाई अभियान सम्वन्वयकर्ता नबिन विकास महर्जनले जानकारी दिए ।
कार्यक्रममा बागमती सफाई महाभियान एवं सम्पूर्ण नदी, खोला, स्थानमा अभियान्ताहरुको सहभागिता हुने उक्त अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरकफरक ढंगले संकलन गरी व्यवस्थापन गरिने र अभियानकै रुपमा निरन्तरता दिईने बताईएको छ ।
विश्व पृथ्वी दिवस २०२४ को नारा ‘पृथ्वी र प्लाष्टिक’ राखिएको छ । नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको, फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण बन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान संचालन गर्ने जनाएको छ ।
पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो, जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।
सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछी अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिनदेखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।
सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । त्यसपछि सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।