काठमाडौं । नेपाल विद्यार्थी संघले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । बुधबार लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको कार्यकर्ताले पुत्ला दहन गरेको हो ।
आर आर क्याम्पसअगाडि गृहमन्त्री लामिछानेको पुत्ला दहन गरेका उनीहरुका प्रदर्शन प्लेकार्डमा सहकारी ठग र छोटे माओवादीको संज्ञा दिईएको थियो ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग्ने रणनीति बनाएको बेलामा नेविसंघ सडकमा उत्रिएको हो ।
कांग्रेसले सदनमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेको छ ।