विराटनगर । कोशी प्रदेशमा एमाले र माओवादी केन्द्रले प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्। कार्की नेतृत्वको सरकार ढालेर एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्ने संदेशसहित नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव पेस गराएका हुन् ।
संकल्प प्रस्तावमा २५ वैशाखभित्र कार्कीले विश्वासकाे मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख गरीएको छ । २५ वैशाखभित्र राजीनामा पनि नदिए र विश्वासकाे मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन नगर्न प्रदेशका प्रमुख सचिव देखि मन्त्रालयका सचिवहरुलाई समेत निर्देशन दिनेगरी संकल्प प्रस्ताव दर्ता गराइएको हो ।
राजीनामा वा विश्वासकाे मत परीक्षण नभए प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि अगाडि बढ्न उपयुक्त हुने पनि संकल्प प्रस्तावमा उल्लेख छ । संकल्प प्रस्तावमा उल्लेख गरीएकोको छ ‘बहुमत सदस्यको विश्वास गुमाई अल्पमतमा परीसकेको कोशी प्रदेश सरकारका मुख्यमन्त्री ज्यूले संविधानको धारा १८८’को उपधारा (२) बमोजिम प्रदेश सभा वाट विश्वासको मत प्राप्त नगरुन्जेल दिर्धकालिन असर पर्ने प्रकृतिका नितिगत तथा कार्यक्रमिक निर्णय एवं गैर बजेटरी शिर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन माननीय मुख्यमन्त्री ज्यू तथा मन्त्री परीषद, मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालयका प्रमुख सचिव र प्रदेश सरकारका मन्त्रालयका सचिव ज्यूहरु समेत लाई प्रदेश सभाको यो वैठक निर्देशन जारी गर्दछ ।’