April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल मानव धर्म सेवा समितिद्वारा २ सय ३० जनालाई भोजन

1.7K

काठमाडौं । मातृ स्मृति जयन्तीको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले मानवसेवा आश्रम रानीवन काठमाडौं शाखामा आश्रित २ सय ३० जनालाई भोजन गराएको छ । उक्त अवसरमा सन्त महात्माहरुले सत्संग, प्रवचन गर्नुका साथै भजन कलाकारहरुद्वारा भजन किर्तन पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले मानव भएर जन्मिएपछि जीवन सार्थक बनाउनु पर्ने धारणा राख्दै आफूले आफुलाई चिनेर आत्माको उपासना गरेमा मात्र जीवन सार्थक हुने भएकाले सबैले आफूले आफूलाई चिन्नुपर्ने र आत्माको उपासना गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समिति बागमती क्षेत्र आश्रम प्रमुख महात्मा लता वाईजीले मानव सेवा आश्रमले सडकमा रहेका वेसाहाराहरु लाई साहारा दिएर मानवताको काम गरेको उल्लेख गर्दै आश्रमले गर्दै आएको काममा सबैको साथ सहयोग रहदै आएको र अझै साथ सहयोग रहने बिश्वास व्यक्त गरे ।

Advertisement

मानव धर्म सेवा समिति आध्यात्मिक संस्था हुँदाहुँदै पनि समाज सेवामा पनि उत्तिकै सकृय रहेकोमा सरहाना गर्दै मानवसेवा आश्रम जिल्ला संयोजक मनीषा खत्रीले मावन धर्म सेवा समितिलाई आगामि दिनमा पनि मानव सेवामा सधै लागिरहन प्रेरणा मिलोस भाँडा शुभकामना व्यक्त गरेका थिए ।