April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मधेसी आयोगले प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझायो वार्षिक प्रतिवेदन

995

विराटनगर । मधेसी आयोगका सदस्य रेनुदेवी साहले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई वार्षिक प्रतिवेदन पेश गरेकी छिन् । मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगरे साहले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

प्रतिवेदन बुझ्दै प्रदेशप्रमुख खापुङले नेपाल विभिन्न धार्मिक सांस्कृतिक सम्प्रदायको नागरिकहरु बसेर बनेको मुलुक रहेको र हरेक समदुायको समस्या त्यो समुदायको मात्रै ठान्न बताएका छन् । जसले देशको एकतामा सघाउ नपुर्‍याउने बताउदै प्रदेश प्रमुख खापुङले देशको जनजाति, खसआर्य समुदाय , महिला दलित सबैको समस्या मुलुकको समस्या रहेको बताए ।

‘सबैको समस्याको समधान गर्नको निमित्त विभिन्न आयोग बनेको छ राज्यको हरेक अंग सक्रिय छ, त्यसमा मधेसी आयोग पनि सक्रिया छ ‘, उनले भने, ‘मधेसी आयोगले पहिचान गरेर उल्लेख गरेको मधेसीको मात्रै होइन सबैको साझा हो ।’

Advertisement