April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोशी प्रदेशमा नयाँ सरकार बनाउन प्रदेश प्रमुख खापुङसमक्ष एमाले-माओवादीको निवेदन

1.3K

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार बनाउनेबारे प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिइएको छ।सरकारलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादी केन्द्रले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न निवेदन प्रदेश प्रमुखसमक्ष बुझाएका हुन् ।

एमाले र माओवादीले कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन सोमबारै फिर्ता लिएका थिए । 

कोशीमा कार्कीको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो । त्यसैले अब नयाँ सरकार कसरी बनाउने भन्ने कुरा स्पष्ट छैन । किनकि यो धाराअनुसार सरकार बनाउने मुख्यमन्त्री प्रदेशसभा विघटनको सिफारिस गरी मध्यावधि चुनाव तोक्न सक्छ । तर, सरकार निर्माणमा फेरि उपधारा २ बाटै प्रक्रिया सुरु गर्ने वा नगर्ने भन्ने स्पष्ट छैन । तर, कांग्रेस र माओवादीले बहुमत सांसद रहेको दाबीसहित नयाँ सरकार बनाउन निवेदन दिएका हुन् । 

Advertisement

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दिइसकेका छन् । यससँगै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा परेका छन् ।