April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि गायक राजेशपायल राईसहित ६ जना पक्राउ

1.2K

काठमाडौं । गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन्। उनीहरू गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट पक्राउ परेका हुन् ।

मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

Advertisement

उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।