सेनेगलको राष्ट्रपतिमा विपक्षी गठबन्धनका उम्मेदवार बसिरो डिओमाये फाये विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका अमाडो बालाई ३५.७९ प्रतिशत मतले पछि पार्दै फाये विजयी भएका हुन् ।
देशको राष्ट्रिय भोट गणना आयोगका अध्यक्ष अमाडीका अनुसार डिउफले कूल २ करोड ४३ लाख ४ हजार ७५१ मत प्राप्त गरे । जुन कुल मतको ५४.२८ प्रतिशत हो ।मतदान दर ६१.३० प्रतिशत रहेको छ । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट प्रतिनिधित्व गर्ने अमाडो बा ३५.७९ प्रतिशत मतका साथ पछि परे ।
४४ वर्षका फायेको जन्म एनडियागानियाओमा भएको थियो । उनले डकारको चेख अन्ता डिओप विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् ।
फाएलाई अप्रिल २०२३ मा कैद गरिएको थियो । निःवर्तमान राष्ट्रपति म्याकी सालले आममाफी कानून लागू गरेपछि मार्च १४ मा रिहा गरिएको थियो ।