April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नोबेल पुरस्कार विजेता ड्यानिएल काह्नेमनको निधन

1.7K

काठमाडौं । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन भएको छ । उनको ९० बर्षको उमेरमा बुधबार निधन भएको हो ।

काह्नेमनको निधन प्रिन्सटन विश्वविद्यालयले सार्वजनिक गरेको हो, जहाँ उनी सन् १९९३ देखि कार्यरत थिए । ‘व्यवहारिक अर्थशास्त्रका पर्याय’ मानिने काह्नेमनले सन् २००२ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका थिए । उनी चर्चित र प्राज्ञिक क्षेत्रमा निकै प्रभावशाली मानिएको पुस्तक ‘थिङ्किङ, फास्ट एन्ड स्लो’ का लेखक हुन् ।

सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका काह्नेमनले १९५४ मा जेरुसेलमस्थि हिब्रु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए । त्यसपछि उनी मनोविज्ञानमा विद्यावारिधि गर्न क्यालिफोर्निया विश्वविद्यालय पुगेका थिए । सन् १९६१ मा उनी इजरायल नै फर्किए । उनले लामो समय मनोविज्ञान विषय पढाए ।

Advertisement