काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजिनामा माग गर्दै नेविसंघले ल क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न गर्दै उनको राजीनामा माग नेविसंघले प्रदर्शन गरेको हो । त्यस्तै,सुन प्रकरणमा मुछिएको भन्दै अर्थमन्त्री पुनमाथि छानबिन गर्नुपर्ने नेविसंघको माग रहेको छ ।
प्रदर्शनकारीहरुले अर्थमन्त्री पुनमाथि छानबिन गर, नैतिकहीन गृहमन्त्री राजीनामा दे, सहकारी काण्डमा निष्पक्ष छानबिन गर लगायतका नारा लगाएका थिए ।