April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कुसल थलङ अभिनित चलचित्र ‘युक्पुङ’ को दमकमा बिशेष प्रदर्शनी सम्पन्न

1.5K

विराटनगर । दमकमा नेपाली कथानक चलचित्र ‘युक्पुङ’ (बस्ती) को बिशेष प्रदर्शनी भएको छ । शनिबार दमकमा अवस्थित डि–म्याक्स सिनेमासमा लिम्बु समुदायको जीवनशैली प्रेम र संघर्षको कथा उजागर गरिएको चलचित्र ‘युक्पुङ’ दोस्रो दिनको दूईवटै शो हाउसफुल भएको हो ।

चलचित्रका अभिनेता कुसल थलङका अनुसार पहिलो दिनको शो हाउसफुल भएको र दर्शकले औधी रुचाएको कारण दोस्रो दिन दूईवटा शो गर्नु परेको थियो । उक्त शो पनि हाउसफुल भएको हुँदा चलचित्र टिम उत्साहित भएको उनको भनाइ छ ।

अभिनेता थलङको अध्यक्षतामा सम्पन्न शनिबारको पहिलो शो मा प्रदेश नं १ का सांसद शोभा पालुङवाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, बरिष्ठ स्वस्थ्यकर्मी बाल चान्द्र सुब्बा र किरात याक्थुङ चुम्लुङ उर्लाबारी नगर अध्यक्ष बानु तुम्बाहाङफेको बिशेष आतिथ्य रहेको थियो ।

Advertisement

दोस्रो तथा अन्तिम शो चुलाचुली गाउँपालिका ४ का वडाध्यक्ष सागर जबेगु, फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष यादन सेर्मा नुनाम, निर्देशक रवि सेर्मा र सामाजिक व्यक्तित्व नामेन्द्रसिं आङबुहाङ लगायत थुप्रै सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नोगेन अज्र्ञानिक इन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुति रहेको चलचित्र युक्पुङ बिशेष प्रदर्शनीको आयोजना भने किरात याक्थुङ चुम्लुङ नगरसमित दमक झापा, किरात याक्थुङ चुम्लुङ नगर समिति उर्लाबारी मोरङ, याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय कार्य समिति काठमाडौं, लिम्बू बिद्यार्थी मञ्च जिल्ला कार्य समिति झापा, याक्थुङ युवा मञ्च जिल्ला कार्य समिति झापा र मुन क्रिएशन प्रा. लि. दमकले संयुक्त रुपमा गरेका हुन् ।

दिनेश माङमुको डेब्यू निर्देशन रहेको चलचित्र ‘युक्पुङ’मा कुसलका थलङका साथमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ(कमला), मदन वनेम, डि.बी. लिम्बू, तेज आङबुहाङ, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टि.आर. सेनेहाङ र रबि किरण मादेन लगायतले अभिनय गरेका छन् ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा तथा नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा(सियेम), इन्दु लाओती र ममता यक्सो निर्माता रहेको चलचित्रमा रविन्द्र बरालको छायांकन, राजु घिमिरेको मुख्य सहायक निर्देशन, तरा शर्माको मेकअप, मदन वनेमको शव्द तथा यासेली योङहाङ र मदन वनेमको संगीत रहेको छ ।