April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साहित्यकार काम्बाङ सम्मानित, भन्छिन्– ‘जिम्मेवारी थपिएको महसुस भएको छ’

२०८० फाल्गुन २९

1.8K

हङकङ । साहित्यकार एवं गीतकार जानु काम्बाङ लिम्बू सम्मानित भएकी छन् । साहित्यक योगदाको कदर गर्दै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गत आइतबार १० मार्चमा काम्बाङलाई एनआरएनए महिला कमिटी हङकङ र नेपाली महिला संघ हङकङले संयुक्त रुपमा सम्मान गरेको हो ।

हङकङको जोर्डनस्थित रेस्टुरेन्ट ब्लू ओसियनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली र कार्यक्रमका अध्यक्ष एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल थिए । विशेष अतिथि सामाजिक आभियन्ता सविता उप्रेतीको पनि उपस्थिति रहेको थियो ।

बेलायतमा रहेर लामो समयदेखि नेपाली साहित्यसेवा गर्दै आएकी लिम्बू हाल हङकङमा छिन् । उनले हङकङबाट पनि साहित्य सिर्जनामा निरन्तरता दिइरहेकी छिन् ।

Advertisement

राष्ट्रीय महीला आयोगको अध्यक्ष जस्तो व्यक्त्तिको बाहुलीबाट सम्मानित हुन पाउँदा हर्षित भएको काम्बाङ बताउछिन् । उनी थप्छिन्, ‘तर यसरी सम्मानित हुन योग्य छु कि छुइनँ ? भन्ने एकप्रकारको चिन्त्ताले पनि सताउँछ ।’ यो सम्मान पछि आफूमा अझ धेरै जिम्मेवारी थपिएको महसुस भैरहेको उनको भनाई छ ।

काम्बाङको रचना रहेको दुई गीत ‘मैच्याङको गालैको कोठी’ र शुभकामना हालै सार्वजनिक भएका छन् ।