काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ शुक्रबार भने स्थिर रहेको हो । बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।