April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

परीक्षालाई व्यवस्थित र पालिका केन्द्रित गर्ने अरुण गाउँपालिकाको निर्णय

२०८० फाल्गुन २२

3.2K

भोजपुर । अरुण गाउँपालिकाले समग्र शिक्षण सिकाईमा सुधार गर्ने अभिप्रायसहित परीक्षालाई व्यवस्थित र पालिका केन्द्रित गर्ने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीहरुको आकर्षण घट्दै जानु र निजी विद्यालय प्रतिको बढ्दो आकर्षणको मुख्य कारणको खोजी गरि सोको निराकरण गर्नेतर्फ समेत गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ ।

पालिकाले शिक्षामा देखिएका जटिलताहरुलाई समाधान गर्न मुख्यतया विषयगत , कक्षागत र तहगतरुपमै सिकाईमा सुधार गर्दै जानुपर्ने आजको आवश्यकता बनेको औल्याएको छ । स्थानीय तहबाट नै समाधान गर्न सकिने केही नीतिगत समस्याहरुलाई आंशिक रुपमा भएपनि समाधान गर्न प्रयास गरिरहेको पनि पालिकाले जनाएको छ ।

Advertisement

जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको तहवाट मात्रै यस्ता प्रकारका समस्याको समाधान निकाल्न सकिने ठहर गर्दै सो बारे समेत विभिन्न छलफल र अन्तक्रिया पनि गरिरहेको सामाजिक बिकास समितिका संयोजक कुमार थापाले जानकारी दिए ।

अहिले खासगरि परीक्षा प्रणालीमा केही सुधार र व्यवस्तिथ गर्न प्रारम्भमा कक्षा ५, ८ , एसईई पूर्व अभ्यास परीक्षा र ११ लाई पालिका स्तरीय परीक्षा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाईएको उनको भनाई छ । एसईई पूर्व अभ्यास परीक्षाफागुन २१ गतेवाट अरुण गापाका सातवटै माविमा सुरुवात गरिएको उनले बताए ।

उनले भने, ‘परीक्षालाई अनुशासित, मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन पालिकाको तर्फबाट हदैसम्मको प्रयासहरु भैरहेकाछन् । परीक्षाको पालिकाको शिक्षा समिति, सामाजिक विकास समिति र वडाबाट अनुगमन , सुपरिवेक्षण भईरहेको छ । सामाजिक विकास समिति, गाउँ शिक्षा समित , गाउँकार्यपालिकाको निर्णय र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको निर्देशनमा समग्र गतिविधिहरु निरन्तर अगाडि बढाइएको कुरा समेत अवगत गराउन चाहन्छु ।’