पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ निगालेमा संचालित डेरी फेरि बन्द हुने भएको छ । सङ्कलित दुधबाट बनेका छुर्पि पनिर र घ्यूले महिनौंसम्म बजार नपाएर सामग्री थन्किएपछि डेरी बन्द गर्नुपर्ने अवस्था आएको डेरी उद्योग संचालक दिपेन्द्र भण्डारीले बताएका छन् ।
बिगत केही महिना अगाडि पनि डेरिमा उत्पादन भएको बस्तु बिक्री हुन नसक्दा डेरी बन्द भएको थियो, र एकमहिना पछि पुनः सन्चालनमा आएको थियो । दुई सय लिटर गाई र भैंसीको दुध विभिन्न टोल र क्षेत्रका आहाले, लोरिपा, सङमासे र रानिगाउँका किसानहरुबाट सङकलित हुने दुधले उक्त डेरी दुई बर्षदेखि सन्चालनमा रहेको थियो । डेरि बन्द हुने भएपछि ओलन बेचेर घरको गर्जो टार्ने अधिकांस किसानहरु मारमा पर्ने निश्चित छ । करिब ९३ रुपैयाँँ लिटर बराबर मुल्यमा दैनिक ८ देखि १० लिटर दुध बेचेर छोराछोरीको स्कुल खर्च तथा घर खर्च टार्न समस्या हुने तारा भण्डारी बताउछिन् ।
घरमा आम्दानीको श्रोत ओलन भएको, तर बिक्रीका लागि उचित बजार व्यवस्थापन नपाएर घाटा बेहोर्नु पर्दाको पिडा स्थानीय सरकारले नबुझ्ने रैछ भन्दै अर्का किसान डुगेन्द्र चेम्जोङ दुखित बनेका छन् । घरको भैंसी थाकेपनि परिश्रम गरेर नियमित दुध बेच्न अर्को दुहुना गाई किनेर ल्याए, तर फेरि डेरी बन्द हुने कुराले मासिक १५ हजार रुपैयाँ भन्दा बढीको आम्दानी गुम्ने भो भन्दै स्थानीय सङमासे टोलका किसान रामकुमारी सम्बाहाम्फे चिन्तित छन् ।