काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । शुक्रबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बल, प्रधान कार्यालय हलचोकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
रिक्त रहेका प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्म (स्वास्थ्य) तर्फका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको छ ।
दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ । अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ ।